गुल्मी । गुल्मीको इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मालिका गाउँपालिकालाइ बिगतमा विकासको दृष्टिले कर्णाली भएको बताए । हामी सबैलाई थाह छ विगतमा यो मालिका गाउँपालिका गुल्मी जिल्लाको कर्णाली थियो भन्ने कुरा अहिले हेर्नुस यो पालिका हरेक कुरामा अग्रणी छ, बिहिवार गुल्मी जिल्ला कै प्रथम पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा सभालाइ सम्बोधन गर्दै बिष्टले भने मालिकाका जनप्रतिनिधिहरु र कर्मचारिहरुलाइ म बधाइ दिन चाहन्छु ।
अध्यक्ष बिष्टले इस्मा गाउँपालिका पनि जेरो होम डेलिभरी पालिका घोषणा गरिने तयारिमा भएको तर मालिका गाउँपालिका जिल्ला मै पहिलो र हरेक कुरामा अग्रणी भएको भन्दै प्रशंसा गरे । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले मालिका गाउँपालिका व्यवहार र तथ्यांक मै धेरै कुरामा अरु पालिकालाइ उछिनेको बताए ।
उनले भने हामिले जिल्लामा बर्सेनि समीक्षा गर्दछौ । केही कुरामा अरु पालिकाको हाराहारिमा छ तर अन्य धेरै कुरामा उछिनेको छ । यो कुरा मैले भनेको होइन तथ्यांकले भनेको हो । उनले मालिका गाउँपालिकामा १४ /१५ बर्ष सम्म हुन नसकेको बिकास पछिल्लो चार वर्षमा हुन सकेको विशेषण गरे ।
हिजो यहाँका कैयौं गाउँहरुमा गरिबी र अभावको चित्र छर्लङ्ग देख्न सकिन्थ्यो तर अहिले तिनै टोलमा पुग्दा चिन्नै नसक्ने पाइयो । मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले जेरो होम डेलिभरी गाउँपालिका घोषणा गरेको आजको दिनलाइ ईतिहास रच्न सफल दिनका रुपमा लिएको बताए । उनले भने हिजो गरीबहरुको गाउँ भनेर चिनिने यश गाउँ अहिले पनि गरिब त होला तर, चेतनाको हिसावले धनी बनाउँदै लैजान लागेका छौ ।
हिजो धनिका ढुङ्गे र टिनले छाएका हुन्थे तर, हामी अहिले सबै गरिबका घरहरु टिनले छाइ दिएका छौ । बर्षौसम्म उपचार नपाएकाहरुलाइ नवजिवन दिएका छौ अध्यक्ष थापाले भने हामिले ९०प्रतिशत बिकासका काम सकेका छौ बाकी हाम्रो कार्यकालमा सक्नेछौ
प्रतिक्रिया