ताजा अपडेट »

सनराइजर्समाथि दिल्ली ८ विकेटले विजयी

विहीबार, ०७ असोज २०७८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा दिल्लीले सनराइजर्सलाई ८ विकेटले पराजित गरेको हो ।सनराइजर्सले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । 

दिल्लीका लागि श्रेयस अय्यरले अविज्ती ४७ रन बनाए भने शिखर धवनले ४२, ऋषव पन्तले अविजित ३५ र पृथ्वी शा ले ११ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।सनराइजर्सका लागि अब्दुल समादले सर्बाधिक २८ रन बनाए भने राशिद खानले २२, मनिष पाण्डेले १७, केन विलियम्सन र रिद्धिमान शाहले १८-१८ रन बनाएका थिए ।

दिल्लीका बलर कगीसो रबाडाले ३ विकेट लिए भने एनरीच नोर्त्जे र अक्सर पटेलले २-२ विकेट लिए ।४ ओभरमा १२ रन दिएर २ विकेट लिएका दिल्लीका नोर्त्जे खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

यो जितपछि ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दिल्ली शिर्ष स्थानमा रहेको छ । सनराइजर्सको भने यो यस आइपिएलमा सातौं हार हो । अहिलेसम्म ८ खेलमा एक जित र ७ हारसहित २ अंक हासिल गर्दै सनराइजर्स पुछारमा रहेको छ ।