ताजा अपडेट »

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत दिने !

विहीबार, ०७ असोज २०७८

काठमाडौँ । भारत सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत दिने भएको छ ।भारतको केन्द्र सरकारले बुधबार सर्वोच्च अदालतमा कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई प्रति प्ररिवार ५० हजार राहत दिने तयारी भएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।केन्द्र सरकारले भारतको राष्ट्रिय आपदा प्रबन्धन केन्द्रलाई कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत दिने सिफारिश भएको बताएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिने बारेको रिटमा सर्वोच्च अदालतले सरकारको जवाफ मागेपछि सो को जवाफ दिने क्रममा केन्द्र सरकारले सो जानकारी दिएको उल्लेख गरिएको छ । साथै सरकारले विगतमा कोरोनाबाट मृत्यु भएका र भविष्यमा हुने मृत्युमा पनि सो राहत रकम उपलब्ध हुने बताइएको छ ।

कोरोनाबाट मृत्यु हुने परिवारलाई राहात दिने विषयमा लामो समयदेखि माग हुदै आएपनि सरकारले अस्वीकार गर्दै आएको थियो । यस अघि एक रिटमा कोरोनाबाट मृत्यु हुने परिवारलाई ४-४ लाख राहत दिने प्रस्ताव गरिएको थियो । तर सो प्रस्तावलाई केन्द्र सरकारले असम्भव भन्दै अस्वीकार गरेको थियो ।

केन्द्र सरकारले राज्य सरकारमार्फत सो राहत रकम उपलब्ध गराउने बताएको छ ।भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ लाख ४५ हजार ७६८ हजारको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको आँकडा रहेको छ ।