काठमाडौँ । म्यानचेस्टर युनाइटेड कारबाओ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएपछि वेस्टह्याम कारबाओ कपबाट बाहिरिएको हो ।म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामका मान्युएल लान्जिनीले खेलको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा युनाइटेडका क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् ।योसँगै कारबाओ कपको अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ । अन्तिम १६ मा पुगेका टिमहरुमा चेल्सीले साउथहम्पटमसँग, आर्सनलले लिड्ससँग, स्टोकले ब्रेंटफोर्डसँग, वेस्टह्यामले म्यानचेस्टर सिटीसँग, लेस्टर सीटीले ब्राइटनसँग, बर्नलीले टोटनह्यामसँग, क्यूपीआरले सन्डरल्याण्डसँग र लिभरपुलले प्रेसटनसँग खेल्ने भएका छन् ।
प्रतिक्रिया