ताजा अपडेट »

सुनको मूल्य बढ्यो

मंगलबार, १७ भदौ २०७६

भदाै १७ ,

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य  ५०० ले बढेको छ । सोमबार  तोलाको ७२ हजारमा कारोबार भएको छापावाल सुन मंगलबार  ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार  तेजावी सुन ७२ हजार २०० मा काराेबार भएकाे छ ।यस्तै चाँदी तोलामा  ८९५ मा कारोबार भएको महासंघले जनाएको छ।