ताजा अपडेट »

अन्तिम ओभरमा ४ रन बनाउन नसक्दा राजस्थानसँग पञ्जाब पराजित

बुधबार, ०६ असोज २०७८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि २ रनको रोमान्चक जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको पञ्जाब २० ओभरमा ४ विकेट गुमाउदै १८३ रन बनाएपछि खेल राजस्थानले २ रनले जितेको हो ।

पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि ४ रन मात्र आवश्यक रहेका बेला कार्तिक त्यागीले अन्तिम ओभरमा केबल एक रन दिएर २ विकेट लिएपछि राजस्थान विजयी भएको थियो ।पञ्जाबका लागि मयंक अग्रवालले ६७, कप्तान केएल राहुलले ४९, एडेन मक्रमले २६ र निकोलस पुरनले ३२ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर कार्तिक त्यागिले २ विकेट लिए भने चेतन सकारिया र राहुल तेबाटीयाले एक एक विकेट लिए ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा अल आउट हुदै १८५ रन बनाएको थियो । राजस्थानका लागि यजश्वी जैसवालले ४९ रन बनाए भने महिपाल लोमरोरले ४३, एविन लुइसले ३६ र लियाम लिभिंगस्टोनले २५ रन बनाएका थिए ।

त्यसैगरी पञ्जाबका बलर अर्शदीप सिंहले ५ विकेट लिए भने मोहमद सामीले ३ विकेट लिएका थिए । त्यस्तै इशान पोरेल र हरप्रीत ब्रारले एक एक विकेट लिए ।यो जितपछि राजस्थानको ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक भएको छ भने अंक तालिकामा पाँचौ स्थानमा रहेको छ । त्यस्तै पञ्जाबको भने यस सिजनमा ९ खेलमा यो छैटौ हार हो । पञ्जाबले ३ खेल मात्र जितेको छ ।