ताजा अपडेट »

गुल्मीमा पहिराेले घर पुर्दा एकैघरका तीन जनाकाे मृत्यु

बुधबार, ०६ असोज २०७८

वुटवल। गयरातीदेखि परेको अबिरल बर्षाको कारण पहिराेले घर पुर्दा गुल्मीमा एकै परिवारका ३ जनाकाे मृत्यु भएको छ । जिल्लाकाे रेसुङगा नगरपालिका ८ तम्घास थुम्का लाईन बस्ने तिलक परियारका छाेरीहरुकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ। मृत्यु हुनेहरुमा २१ वर्षिया भावना परियार, १४ वर्षिया गंगा परियार र जमुना परियार रहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषाेत्तम पाण्डले जानकारी दिए।

घर माथीबाट ढुङ्गा माटो सहितको पहिरो आई उक्त घरको बिचको कोठामा सुतिरहेका परियारका छाेरिहरु पुरिएका हुन। स्थानिय,नेपाली सेना र नेपाल प्रहरी ससस्त्रको संयुक्त सहयोगमा ३ जनाकै शव मृत अवस्थामा निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।