ताजा अपडेट »

कस्तो रह्यो मेसी र रोनाल्डोको नयाँ क्लबमा तीन खेलमा प्रदर्शन ?

बुधबार, ०६ असोज २०७८

काठमाडौँ । विश्व फुटबलमा लामो समयदेखि दबदबा बनाएका दुइ खेलाडी ३६ बर्षिय क्रिस्टियानो रोनाल्डो र ३४ बर्षिय लियोनेल मेसीले यस बर्ष आफ्नो क्लब छोडेर नयाँ क्लबबाट खेलिरहेका छन् ।युभेन्टस छोडेर रोनाल्डो म्यानचेस्टर युनाइटेड पुगेका छन् भने बार्सिलोना छोडेर मेसी पिएसजी पुगेका छन् ।दुवैले नयाँ क्लबमा ३-३ खेल खेल्दा रोनाल्डोले ४ गोल गरिसकेका छन् भने मेसीले अहिलेसम्म गोल गर्न सकेका छैनन् ।दुवै खेलाडीको नयाँ क्लबमा गरेको प्रदर्शनको अहिले तुलना भैरहेको छ । अझ पछिल्लो खेलमा मेसीलाई ७५औ मिनेटमा सब्सटिच्यूट गरेपछि पिएसजीमा मेसी राम्रोसँग सेटल हुन नसकेको चर्चा भैरहेको छ ।

मेसी सब्सटिच्यूट भैरहदा उनी पिएसजीमा पहिलो पटक यस अघि जस्तो खुशी देखिएनन् । मेसीले राम्रो प्रदर्शन गरेपनि पिएसजीमा उनलाई भाग्यले साथ नदिइरहेको भन्नेहरु पनि रहेका छन् । पिएसजीमा मेसीले अहिलेसम्म ३ खेलमा कुल १९० मिनेट खेलेका छन् । जसमा उनले ७ शट हानेका छन् भने ३ शट मात्र गोल पोष्टमा हानेका थिए । अहिलेसम्म मेसीले एक पहेलो कार्ड पनि पाएका छन् ।

मेसीले पिएसजीबाट लिग वान अन्तर्गत रेइम्स र लियोनविरुद्ध खेलेका छन् छन् भने च्याम्पियन्स लिग अन्तर्गत क्लब ब्रुगेविरुद्ध खेलेका छन् । ब्रुगेविरुद्ध पिएसजी १-१ गोलको बराबरीमा रोकिएको थियो भने रेइम्स र लियोनविरुद्ध पिएसजीले जित हासिल गरेको थियो । त्यस्तै रोनाल्डोले भने म्यानचेस्टर युनाइटेडमा उत्कृष्ट शुरुवात गरेका छन् । पछिल्ला बर्षहरुमा युनाइटेडको चर्चा कम भैरहेको बेला रोनाल्डोको पुनरागमनले युनाइटेडलाई अहिले चर्चाको केन्द्रमा रहेको छ । युनाइटेडमा रोनाल्डोले ३ खेलमा २८२ मिनेट खेलेका छन् । जसमा उनले ४ गोल गरेका छन् । रोनाल्डोले अहिलेसम्म १५ शट हानेका छन् भने ८ शट पोष्टमा हानेका छन् ।

रोनाल्डोले आफ्नो पहिलो खेल न्युक्यासल युनाइटेडविरुद्ध २ गोल गरेका थिए भने सो खेल म्यानचेस्टरले ४-१ ले जितेको थियो । त्यस्तै दोस्रो खेल च्याम्पियन्स लिग अन्तरगत योंग ब्वायेजविरुद्ध खेलेका थिए ।  जसमा रोनाल्डोले एक गोल गरेका थिए भने म्यानचेस्टरले सो खेल २-१ ले गुमाएको थियो । त्यस्तै तेस्रो खेल वेस्टह्यामविरुद्ध खेलेका थिए ।  सो खेलमा रोनाल्डोले एक गोल गरेका थिए भने युनाइटेडले सो खेल २-१ ले जितेको थियो ।