भाद्र १५,
काठमाण्डौं । विश्व कप छनोटको पहिलो खेलका लागि राष्ट्रिय फुटबल टोली आइतबार कुवेत प्रस्थान गरेको छ । नेपाल र कुवेतबीच भदौ १९ गते खेल हुँदैछ । टोलीलाई एन्फाले औपचारिक विदाई शुक्रबार नै गरेको थियो ।
पहिलो खेलको तयारीका लागि टोलीले मलेसिया भ्रमण गरेको थियो । मलेसियाको लिग च्याम्पियन टोलीसँगको मैत्रीपूर्ण खेल नेपाली टोलीले १-० ले गुमाएको थियो । त्यो खेलको कप्तान सुजल श्रेष्ठले गरेका थिए । नियमित कप्तान विराज महर्जन, सिनियर खेलाडी भरत खवास र गोलकिपर किरण चेम्जोङ टोलीमा नहुँदा सुजलले मैत्रीपूर्ण खेलमा सुजलले कप्तानी गर्ने मौका पाएका थिए । कुवेतका लागि विराज टोलीमा छैनन् । विराज नहुँदा राष्ट्रिय फुटबल टोलीको कप्तान को हुने अझै निश्चित भइसकेको छैन ।
प्रशिक्षक कालीनले कप्तानको जिम्मेवारी टुंगो नलागेको र त्यसलाई ठूलो विषय बनाउन नपर्ने बताएका थिए । यद्दपी झन्डा ग्रहण गर्ने क्रममा भने उपकप्तान किरण मञ्चमा गएका थिए । कालिनले सबै २३ खेलाडी नै आफ्नो लागि कप्तान सरह रहेको बताएका थिए । विश्व कप छनोटमा नेपाल, कुवेतसहित अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे रहेका छन् ।
प्रतिक्रिया