ताजा अपडेट »

क्याम्पसमा गोली प्रहार निन्दनीय घटना : राष्ट्रपति पुटिन

सोमबार, ०४ असोज २०७८

मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् । 

टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति हो भनेका छन् । 

रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा  ६ जनाको ज्यान गएको छ । एएफपी