ताजा अपडेट »

आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

सोमबार, ०४ असोज २०७८

बेइजिङ । चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउने वित्तिकै आफुहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ । विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । -सिन्ह्वा