ताजा अपडेट »

१ हजार ९५ जना संक्रमण, २ हजार ९५७ जना निको

सोमबार, ०४ असोज २०७८

बुटवल । सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होमआइसोलेसनमा २० हजार ८९१ जना, संस्थागत आइसोलेसनमा १ हजार ४३२ जना, सघन उपचार कक्षमा ३७१ जना भेन्टिलेटरमा १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् ।