ताजा अपडेट »

प्रदेश सरकारलाई प्रतिमान-निमाद्वारा २ करोडको स्वस्थ्य सामग्री

सोमबार, ०४ असोज २०७८

बुटवल । प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको गरेको छ ।

एक समारोहका बिच प्रतिष्ठानका उपाध्यक्ष तथा पुर्वमन्त्री दिपक बोहराले स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुख्यमन्त्री केसीले प्रदेश सरकारको प्राथमिकताका रुपमा खोप भएको बताए । प्रदेश सरकारले मुटुको भल्भ फेर्न, क्यान्सर रोगीलाई उपचार मा २–२ लाख सहयोग गर्ने निर्णय समेत गरेको उनले बताए । प्रदेशमै विशेषज्ञ अस्पतालबाट सेवा दिनसक्ने गरि काम अघि बढाएको उनले बताए ।

अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पिपिई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको कार्यकारी निर्देशक स्वाति थापाले बताइन । प्रतिमान बोहरा र निमा बोहरा राजनितिक ब्यक्तित्वहरुको नामबाट सामाजिक कार्यमा सबै लागेको बताए ।

यसअघि २ महिना पहिले प्रदेश सरकारमार्फत साढे २ करोड बढि रकम बराबर स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको उनले बताईन। सरकारी अस्पताललाई लक्षित गरि वितरण गरिएको सामग्री उपयोगी भएको उनले बताईन । राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदयले राजनितीक दलहरु समाजसेवामा समेत अग्रसर रहनुपर्ने भन्दै आफुहरु निरन्तर सेवामा रहेको बताए ।

कार्यक्रममा स्वस्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, शिक्षा तथा युवा खेलकुद मन्त्रालयका सचिव महादेव पन्त, स्वस्थ्य निर्देशनालयका डा. बिनोद गिरि, राप्रपा रुपन्देही जिल्लाका अध्यक्ष प्रताप राणाले शुभकामना दिएका थिए ।