बुटवल । गयरातिको वर्षासँगै आएको पहिरोका कारण ज्योतिनगर क्षेत्रका थप ९ घरमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख मदन कुँवरका अनुसार पहिरोका कारण ८ घरमा आंशिक क्षति र १ घर पूर्ण रुपमा क्षति भएको छ ।
‘ गयरातिको वर्षासँगै आएको पहिरोका कारण थप ९ घरमा क्षति पुगेको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै कुँवरले भने ‘ म अहिले पनि उद्धारमै छु ।’ भदौ १३ गतेराति राति आएको पहिरोले ज्योतिनगर र लक्ष्मिनगर क्षेत्रका दजनौँ घरमा क्षति पुराएको थियो ।
२०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए ।
प्रतिक्रिया