अर्घाखाँची ।नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति एवं पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेका छन।
विशेष गरि पार्टीको महाधिवेशनमा सहमती र सहकार्यका साथ अगाडी बढ्न तयार रहेको र अबको नेतृत्वमा पार्टीको हकहितको काम गर्ने खालको नेतृत्व आवश्यक रहेकाले नयाँ प्रवृती संगै जोडिनको लागि आफुले उम्मेदवारी दिएको सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा गौतमले बताए।
महाधिवेशनमा व्यक्ती विशेष भन्दा पनि पार्टीको हकहितको काम गर्ने सक्षम व्यक्ती लाई जिताउन आग्रह गरे। हरेक नेतृत्वमा ब्रेक लगाउने प्रवृधीको अत्य गरि समावेशी हुने खालको नेतृत्वमा अबको आवश्यक रहेकाले सोहि मार्गमा सबै लाग्नु पर्नेमा जोड दिए।
आफुले पहिलेको व्यक्तीले पार्टीमा के गरे भन्दा पनि अब आउने पुस्ताको राजनितिक संग जोडि जनमुखी काम गर्नको लागि उम्मेदवारी घोषणा गरेको जानकारी गराए। जसको लागि सबै क्षेत्र बाट साथ सहयोगको उपेक्षा रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराए।
प्रतिक्रिया