ताजा अपडेट »

भान्सामा औषधी– जाडोमा छुटाउन नहुने हितकारी मरिचका बेजोड फाइदा

सोमबार, ०४ असोज २०७८

जाडो याममा चियामा मरिच राखेर खाने चलन छ । प्रायः जाडो समयमा चियामा राखिने कालो मरिचले न्यानो गराउन मात्र होइन, स्वास्थ्यलाई फाइदा गर्दछ ।यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ। मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ।

मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ। त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ।क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ। मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ।

तर मरिचको ज्यादा सेवनले भने हाडजोर्नीमा समस्या निम्त्याउन सक्छ।तपाईंका आँखा कमजोर छन् भने मरिच पिसेर धूलो बनाउनुस् अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुस् । यसो गर्दा आँखा तेजिलो हुन्छ।पेटमा कीरा परेका छन् भने अलिकति मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिउनुस्। अर्को उपाय भनेको दिनमा तीनचोटि मरिच किसमिससँग मिसाएर खानुस्।

पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो । जिरा, चिनी र मरिचका दानाहरूलाई पिँधेर धूलो बनाउनुस् अनि बिहान बेलुका तीनचोटि खानुस्। यो खाँदाखेरी जंक फूड तथा तेल हालेको खानेकुरा नखानुस् ।साससम्बन्धी समस्या छन् भने पुदिनाको चियामा मरिच हालेर पिउनुस् ।

मरिच चपाउने गर्दा अनुहारका दागधब्बा र रोग निको हुन्छन्। दाँत दुखेको वा बिग्रेको छ भने मरिचले फाइदा गर्छ। पाइरिया भएको छ भने मरिचको धूलोमा नून हालेर दाँतमा दल्नुस्, ठीक हुन्छ ।भुल्ने बानी छ भने महमा मरिचको धूलो हालेर दिनमा दुईचोटि खानुस्।