ताजा अपडेट »

बेन्जेमा र भिनि चम्किँदा रियलको जित

सोमबार, ०४ असोज २०७८

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा रियलले घरेलु टोली भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो ।

खेलको ६६औँ मिनेटमा भ्यालेन्सियाका हुगो डुरोले गोल गर्दै खेलमा अग्रता दिलाए । त्यसपछि ८६औं मिनेटमा ब्राजिली भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि नै कप्तान करिम बेन्जेमाले गोल गरेपछि रियलले भ्यालेन्सियामाथि २-१को पूनरागमन जित निकाल्न सफल भयो । 

जितसँगै अपराजित रहेको रियल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया १० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।