ताजा अपडेट »

चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड-१९ खोप लगाइयो

आइतबार, ०३ असोज २०७८

बेइजिङ । चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो । कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर-संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।

चीनमा कोभिड- १९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ ।

कोभिड- १९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरूमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ । -सिन्ह्वा