भाद्र १३,
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र धाम रिडिमा यहीँ भदौ २८ गते देखी असोज १७ गते सम्म नेपालमै पहिलो पटक सोह्र श्राद्धको अवसरमा पितृहरूको विधिवत श्राद्ध, एक्काइत करोड दीप प्रज्वलन, एक करोड पार्थिव शिवलिङ्ग निर्माण गरी पूजन, काँशी, हरिद्वार, पशुपतिमा जस्तै प्रत्येक दिन काली गण्डकीमा गंगामाताको विशेष सन्ध्या आरती, एकाउन्न हजार भन्दा बढी व्यक्तिद्वारा तुलादान गरिने भएको छ । महायज्ञमा आध्यात्मिक जागरण, प्रेम र शान्ति, भाइचाराको सन्देश फैलाउने, दाइजो प्रथा साथै छुवाछुतका विरुद्धमा सन्देश फैलाउनुका साथै अध्यात्म र विज्ञानलाई समन्वयताका साथ ज्ञान दिइने प्रमुख वाचक बालयोगेश्वरले बताए । नेपालमै पहिलो पटक दिवंगत पितृहरूको उद्धार गर्ने र रुरु क्षेत्र धामलाई विश्व सामु पहिचान गराउने उद्देश्यले रुरु क्षेत्रमा धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवम् संगीतमय लीलामय श्रीमद्भागत पितृमोक्ष विराट ज्ञान महायज्ञ आयोजना गरिएको हो ।
पत्रकार सम्मेलन आयोजना गरी महायज्ञको तयारी तीव्र बनाइएको जानकारी गराइएको छ । महायज्ञमा आध्यात्मिक जागरण, प्रेम र शान्ति, भाइचाराको सन्देश फैलाउने, दाइजो प्रथा साथै छुवाछुतका विरुद्धमा सन्देश फैलाउनुका साथै अध्यात्म र विज्ञानलाई समन्वयताका साथ ज्ञान दिइने प्रमुख वाचक बालयोगेश्वरले बताए ।महायज्ञमा डेढ करोड खर्च लाग्ने र पाँच करोड सहयोग सङ्कलन हुने अपेक्षा गरिएको आयोजक समितिले बताएको छ । महायज्ञ सञ्चालनको लागि २१ सय
जनाको मूल अयोजक समिति गठन गर्ने लक्ष्यमा ११ जनाको नाम पुगिसको र ३५ वटा उपसमिति बनाइएको मूल आयोजक समितिका सदस्य एवम् रुरु गाउँपालिका वडा नं१ का अध्यक्ष रामलाल विकले जानकारी दिए । पत्रकार सम्मेलनमा पत्रकारहरूले मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै धार्मिक कार्यमा विरोध आउने वातावरण नबनाउन आयोजकलाई सुझाव दिए । पत्रकारहरूले रुरुक्षेत्रको धार्मिक पर्यटकीय क्षेत्रको महिमा विगतदेखि नै विशिष्ट रहेकोले यसको गरिमा उजागर गर्ने लक्ष्यका साथ आयोजना गरिएको महायज्ञ सम्पन्न गर्नको लागि आ–आफ्नो सञ्चारमाध्यमबाट प्रकाशन,प्रसारण गरी सहयोग गर्ने जनाए । कार्यक्रम मूल आयोजक समितिका सदस्य रामलाल विकको अध्यक्षता, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालको प्रमुख आतिथ्यता र आयोजक समितिका सदस्य चुरामणि तिमिल्सिनाको सञ्चालनमा चलेको थियो ।
प्रतिक्रिया