ताजा अपडेट »

विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

विहीबार, ३१ भदौ २०७८

नयाँ दिल्ली । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।

कोहलीले बिहीबार ट्विटरमा लेखेका छन्- 'मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।'