ताजा अपडेट »

नेपालमा थप १ हजार ५११ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

विहीबार, ३१ भदौ २०७८

बुटवल । नेपालमा थप १ हजार ५११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ११ हजार २०८ र एन्टिजेन विधिबाट ३ हजार ९७१ जनामा परिक्षण गर्दा १ हजार ५११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८१ हजार ९८९ र एन्टिजेनबाट ८८ हजार १८७ जना पुगेको छ ।

यस्तै, नेपालमा थप १६८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २ पुगेको छ ।