ताजा अपडेट »

सरकारविरुद्ध कांग्रेस सडकमा

आइतबार, १३ माघ २०७५

माघ १३,

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारविरोधी अभियान थाल्ने भएको छ । आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको छ ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने विषयमा निर्णय लिने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । -नयाँ पत्रिका दैनिक