ताजा अपडेट »

मालपोत कार्यालय गुल्मीमा अनलाईन सेवा शुरु

विहीबार, १२ भदौ २०७६

भाद्र १२,
ग्लोबल आवाज
गुल्मी । सेवा प्रहवाहलाई सहजता र प्रबिधि मैत्री बनाउन मालपोत कार्यालय गुल्मीले अनलाईन मार्फत सेवा शुभारम्भ गरेको छ । लिखित माध्यमबाट रजिष्टरमा लेखेर कामहुँदै आएको कार्यालयमा कम्प्युटर मार्फत सेवा शुभारम्भ भएको हो ।


सेवाको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले शुभारम्भ गरे । सेवा शुभारम्भ गर्दै नगरप्रमुख भुसालले अनलाइन सेवासँगै गलत काम सबै समाप्त भएको बताए । जग्गा लेनदेन गर्दा लिखतबाट केहि त्रुटि हुने गरेतापनि अनलाइन सेवाले सेवा प्रवाहमा सहजता ल्याउने बताए । सेवा ग्राहीका सम्पत्ती पनि सुरक्षीत र स्पष्ट रहने बताए । सेवा सञ्चलनमा आएसँगै एउटाको नाममा पास हुनुपर्ने जग्गा अर्कैको नाममा आउने समस्याको समाधान हुने नगर प्रमुख भुसालको भनाई छ । सेवा शुभारम्भ कार्यक्रममा भूमी व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले अनलाईन मार्फत हालसम्म ८४ वटा कार्यालयले सेवा शुरु गरेको बताए । डिजिटल प्रबिधि मार्फत काम हुँदा किर्ते कामको अन्त्य र राजश्व संकलनमा पारदर्शीता आउने गौतमले बताए । प्रबिधिमैत्री सेवा भएकाले मालपोत कार्यालयले गर्ने कार्य दैनिक केन्द्रबाट अनुगमन गर्न हेर्न सकिने भएकाले यसले सेवा प्रवाहमा अत्यन्तै पारदर्शीता ल्याउने बताए । यहाँ भएका दैनिक कामहरु सिधै केन्द्रमा जाने भएकाले डाटा सुरक्षीत रहने निर्देशक गौतमले जानकारी गराए । अनलाइन सेवाको पहिलो सेवाग्राहीका रुपमा इस्मा गाउँपालिका वडा नम्बर ३ का पबित्रा कुँवर, लालबहालदुर कुँवरले पुर्जा लिएका थिए । पहिलो सेवाग्राही कुँवरलाई नगर प्रमुख भुसाल र निर्देशक गौतमले लालपूर्जा प्रदान गरे ।


कम्प्युटर मार्फत प्रिन्ट गरिएको लालपुर्जा पाएकोमा सेवाग्राही पबित्रा कुँवरले खुसी व्यक्त गरिन् । अनलाइन सेवा मार्फत सेवा लिदा हार्डकपी र सफ्ट कपीगरी दुबै तरिकाले सेवा प्रदान गरिने कार्यालय प्रमुख रामचन्द्र गौतमले बताए । यो सेवाले काममा पादर्शी र सजिलो बनाउने कार्यालय प्रमुख गौतमले बताए । मालपोत कार्यालयमा सेवाप्रवाहीलाई सहज र सजिलो बनाउन ग्लोवल आइएमइ बैंकको शाखा, कार्यालयमै स्थापन गरिएको छ । कार्यालयमा उठ्ने सम्पूर्ण रकम दैनिक रुपमा बैंक मार्फत कारोबार हुने गरेको छ । कार्यालयबाट सेवा लिदा सेवाग्राहीले तिनुपर्ने राजस्वर वापतको रकम बैंकमा सिधै दाखिला गरेर मात्रै जग्गाको कारोबार हुने कार्यालयका लेखापाल पुरन नेपालीले बताए । यसले सेवाग्राहीलाई सजिलो र बढि रकम तिर्नु पर्ने तथा ठगिनबाट समेत जोगिने नेपालीले बताए ।