ताजा अपडेट »

सागका लागि नेपालको प्रारम्भीक टोली प्रशिक्षणमा

विहीबार, १२ भदौ २०७६

भाद्र १२,
काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । मंसिरमा आयोजना हुने सागका लागि पहिलो चरणको प्रशिक्षणमा ३५ जना खेलाडीलाई बोलाइएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् । ३५ जना खेलाडीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्रकुमार मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितनारायण राजबंशी, विक्रम सोब, इशान पाण्डे, करण केसी रहेका छन् ।

यस्तै, मोहम्मद आशिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन शर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आरिफ शेख, शुसन भारी, अनिल कुमार साह, अभिनास बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजबंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र सहाब आलम रहेका छन् । नेपाली टिमले साग लक्षित प्रशिक्षण सेप्टेम्बर १ तारिखदेखि शुरु गर्ने छ ।