ताजा अपडेट »

थारु पत्रकार संघको अधिबेशन सम्पन्न, अध्यक्षमा राज चौधरी

विहीबार, १२ भदौ २०७६

भाद्र १२,
सैनामैना । थारु पत्रकार संघ नेपाल रुपन्देही शाखाको साधारण सभा तथा तेस्रो अधिवेशनले राज चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सैनामैनामा सम्पन्न भएको छ । सैनामैनाको ऊचडिहवा स्थित थारु होम स्टेमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा अनिता चौधरी, सचिवमा पवित्र चौधरी, कोषध्यक्षमा मनजित चौधरी र सहसचिवमा यमुना चौधरीलाई चयन गरेको हो । सदस्यहरुमा सरस्वती चौधरी र विष्णु चौधरी रहेका छन् । अन्य सदस्यहरुलाई संस्थाको बैठकले मनोनित गर्ने छ ।

अधिवेशनको उद्घाटनसत्रमा बोल्दै प्रदेश ५ सांसद तुलसी चौधरीले पत्रकारीता पेशा चूनौतीपूर्ण पेशा भएको बताउँदै निडर र निश्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड उनको जोड थियो । आफ्नो जातिय पहिचान सहित देश र जनताप्रति कर्तव्यनिष्ठ र जिम्मेवार भएर लाग्न सल्ला दिए । यसैगरी थारु पत्रकार संघका केन्द्री सदस्य तथा प्रदेश नं. ५ का संयोजक सन्तोष दहितले थारु समुदायको हक अधिकार सुनिश्चित गर्न एक भएर लाग्नुपर्नेमा जोड दिदै समाचार सम्प्रेषण गर्दा जातिय र धार्मिक सम्प्रदायिकतालाई बल पुग्ने कार्यलाई निरुत्साहित गर्नु पर्ने बताए । यस्तै थारु समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी पत्रकारीता मार्फत कलम चलाउँदै आएका पत्रकार किस्मत चौधरीलाई सम्मान गरिएको छ ।