भाद्र ११,
ग्लोबल आवाज
गुल्मी । अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संवेदनशील स्थानमा सिसिटिभी जडान गरिएको हो ।
जडान गरिएका सिसिटिभी क्यामराको प्रदेश नम्बर ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका हुन् । प्रदेश नम्बर ५ आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको सक्रियतामा जडान गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा राखिएको नियनत्रण कक्षको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रविधीको प्रयोगसँगै अपराध नियन्त्रणमा महत्पूर्ण भूमिका राख्ने बताए । प्रदेश सरकारले १२ वटै जिल्लामा सिसिटिभी राख्ने उद्देश्य अनुरुप ११ वटा जिल्लामा सुचारु भएको बताए । आगामी वर्ष पनि आवश्यकता हेरिकन सिसिटिभी जडानको लागि निरन्तरता दिने बताए । प्रबिधिको उच्चतम प्रयोगले सुरक्षा निकायलाई अपराध नियन्त्रण गर्न र तथ्य प्रमाण संकल गर्न सिसिटिभीले सहयोग पुग्ने मुख्यमन्त्री पोखरेलले बताए ।
अपराध नियन्त्रण, शुसासन कै सन्र्दभमा यो प्रबिधिको प्रयोग आबश्यक रहेको उनले बताए । हाल जडान भएका सिसिक्यामराबाट बजारका बिभिन्न गतिबिधी हेर्न र लिनको निम्ति अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन सहज हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए । बजार क्षेत्रका शंबेदनशिल स्थानमा जडानसँगै अपराध नियन्त्रण गर्न प्रभावकारी हुने बस्नेतले बताए । बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्था र व्यवसायीहरुलाई ढुक्कसँग व्यवसाय गर्न मद्दत मिल्ने तम्घासका व्यवसायी जनक पन्थले बताए । बजारमा राखिएका सिसि टिभी क्यामराले अपराधी पत्ता लगाउन यसले महत्वपूर्ण सहयोग गर्ने भएकाले बजारका अरु धेरै ठाउँमा राख्नु पर्ने पन्थले जोड दिए । हाल बजारका अति शंबेदनशिल स्थानका ८ वटा ठाउँमा क्यामेरा जडान भएको छ । बजार क्षेत्रमा जडाभएता पनि यसको सबै हेर्न मिल्ने गरि नियन्त्रण एवम् प्राविधिक कक्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ ।
प्रतिक्रिया