भदौ ११,
ग्लोबल आवाज
बुटवल । नेपालमै पहिलो पटक उच्चस्तरीय जर्मनी प्रविधिको प्रयोगगरी इन्टरलकिङ, कंक्रिट टायल्स, कर्वस्टोन, कंक्रिट इट्टा, हलो ब्लक लगाएतका निर्माण तथा सजावटजन्य सामग्री उत्पादन गर्दै आएको एशियन कन्क्रिटो प्रा. लि.ले आफ्नो पहिलो च्यानल पार्टनर मिट कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासीको रामग्राम–१६ मा रहेको उद्योगले करिब एक वर्ष अगाडिदेखि उत्पादन सुुरु गरेको कम्पनीले सोमबार भैरहवामा आफ्ना च्यानल पार्टनरहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको हो।

अवसरमा कम्पनीका भाइस प्रेसिडेण्ट श्यामल झाले कम्पनीका उत्पादन,गुणस्तर तथा उत्पादन प्रयोग भएका स्थानहरु बारे जानकारी गराउँदै सहभागिका जिज्ञासाहरु मेटाएका थिए । कार्यक्रममा कम्पनीका अक्ष्यक्ष मनिष रुंगटा तथा निर्देशक अनिल जाटियाले सहभागिहरुसँग अन्तरक्रिया समेत गरेका थिए । अध्यक्ष रुंगटाले स्वदेशी कच्चा पदार्थको उच्चतम प्रयोग गरी उत्पादन गरिएका एशिएन कंक्रिटोका इट्टा बजारमा पाइने माटोका आम इट्टाको तुलनामा साइजमा ठूला, फिनिसिङमा एकरुपता, कम पानी सोस्ने खालका तथा न्यूनतम टुटफुटहुने भएको र यो प्रयोग गर्दा प्लाष्टर गर्नू नपर्नेहूदा निर्माण लागतमा समेत सस्तो पर्ने दावी गरे । कार्यक्रमा बोल्दै कम्पनीका निर्देशक अनिल जाटीयाले कम्पनीले ग्राहकहरुलाई मध्यनजरगर्दै बुटवल, काठमाण्डौ, चितवन र भैरहवामा एक्सपेरीयन्स सेन्टर (शो–रुम) समेत सञ्चालनमा ल्याएको र पोखरामा समेत छिटै सञ्चालमा आउने बताए ।

कार्यक्रममा लुम्बिनी क्षेत्रका च्यानल पार्टनर, डिके जिएम इन्टरप्राइजेजका सञ्चालक किरण ज्ञवाली, गण्डकी क्षेत्रका च्यानल पार्टनर, पोखरा कन्क्रिटो कन्सर्नका सञ्चालक त्रिभुवन पौडेल लगाएतले आ–आफ्ना अनुभव तथा भनाई राखेका थिए । त्यस्तै कार्यक्रममा कम्पनीका इञ्जिनियर राजिव यादवले कंक्रिटोका प्राविधिक विषयमा प्रकाश पारेका थिए । उच्चस्तरीय जर्मनी प्रविधिबाट उत्पादित कंक्रिटोका उत्पादनहरु बुटवल, पोखरा, काठमाण्डौं, चितवन लगाएतका शहरका महत्वपूर्ण सार्वजनिक स्थानहरुमा प्रयोग भएका छन् ।

कार्यक्रममा बोल्ने च्यानल पार्टनरहरुले कम्पनीको उत्पादन बारे उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको बताएका थिए । कार्यक्रम अघि देशभरबाट सहभागि च्यानल पार्टनरहरुलाई उद्योगको निरिक्षण भ्रमण समेत गराइएको कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रदिप नेपालले बताए । कार्यक्रममा नेपालभरबाट ५० जना च्यानल पार्टनरहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया