हिड्दा हिड्दै
घुम्तिमा भेटिएको चौतारीमा
पिपलको छायाँ भेटेपछि
शीतलको संयोग सम्झेर
बुझ्यो उसले
कयौं हिउँदको चिसोमा
कयौं हिउँदको धुलोमा लट्पटिएर
वर्षामा
मुसलधारे बर्सातसंगै रुझ्यो ऊ
धेरैचोटि
छहारीको छेउबाट
भावनाको नदीमा बगेको बेला
पटकपटक पींडाका छालहरुले
किनारतिर हुत्याउन छोडेन
स्थिर भएर पनि अस्थिर भयो ऊ
कहिले एक्लै
कहिले परिस्थितिसँगै जुधेर
पौडिन सिक्यो
विरहका छालहरूमा डुबेर
अचेल खोज्दैछ ऊ
आँसुमा डुङ्गा खियाउनुभन्दा
नयनका किनारालाई नछोइ
उर्लेको गण्डकी
गलामा सुकाउने उपाय
कहिँ कतै लिलामीमा
कोही भेटिन्छ्न कि ?
प्रतिक्रिया