ताजा अपडेट »

साफ च्याम्पियनसिप: भूटानलाई पराजित गरे नेपाल फाइनलमा

बुधबार, ११ भदौ २०७६

भदौ ११,

काठमाडौं । भारतको कोलकातामा जारी साफ यू-१५ च्याम्पियनसिपको फाइनलमा पुग्न नेपालले भुटानलाई पराजित गर्नुपर्नेछ । ।नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ । यद्यपि बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा भने गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । त्यसको सम्भावना भने निकै न्यून छ । त्यसका लागि बंगलादेशले कम्तिमा ४ गोलको अन्तरले जित दर्ता गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार नेपाल र भुटानबीच अन्तिम लिग खेल हुँदैछ । फाइनलमा पुग्न नेपालले भुटानविरुद्ध जित निकाल्नु पर्ने देखिन्छ ।मंगलबार भएको खेलमा बंगलादेशलाई हराएपछि नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।मंगलबारको खेलमा नेपालले साविक विजेता समेत रहेको बंगलादेशलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेश र‌ नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि रहेको हो ।

यता मंगलबार नै भारतले श्रीलंकालाई ५-० ले पराजित गरेको थियो । उक्त जितसँगै भारत अंक तालिकाको शीर्ष स्थानमा छ ।पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २-० को जित दर्ता गरेको थियो । भारतले भुटानमाथि ७-० को फराकिलो जित दर्ता गरेको थियो । लिग चरणमा नै भारतले बिहीबार बंगलादेशको सामना गर्नेछ ।