ताजा अपडेट »

रुपन्देहीमा ७ लाख बढीको अवैध सामान बरामद

आइतबार, २७ भदौ २०७८

बुटवल । रुपन्देहीमा ७ लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो ३ दिनमा जिल्लाका विभिन्न ठाउँमा गरि ७ लाख १६ हजार ६५० बराबरको अवैध सामान बरामद गरिएको हो ।

रुपन्देहीको गैडहवा गाउँपालिका- ४ मंगलचोक स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ३५ के।जि। जिरा र पास्ता (माइक्रोनि) २ बोरा गरि बीस हजार बराबरको सामान बरामद गरिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-२, लम्तिहवाघाट स्थित भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको दश हजार बराबरको चप्पल बरामद गरिएको छ । यस्तै १० पिस कुर्ती, ४ सेट कुक्कर र ४ पिस स्टीललोटा गरी १५ हजार बराबरको अवैध सामामन पनि बरामद गरिएको प्रहीले जनाएको छ ।

त्यसैगरि, मर्चवारी गाउँपालिका- १ सुमेरुगढ स्थित नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको १२ बोरा भटमास र मर्चवारी ६ दुईमुहानघाट स्थितबाट उ.प्र. ५३ बी ३५४३ नम्बरको मोटरसाइकल र युपी ५३ बीएल ६०१८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किटनाशक औषधीहरु, चिनि, मोटरसाईकलको सिट कभर, कुर्था (सुट) गरि मोटरसाईकल सहित २ लाख ५७ हजार २५० बराबरको अवैध सामान बरामद गरिएको छ ।

रोहिणी गाउँपालिका- ६ विष्णुपुरुवा स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको ३ लाख ९८ हजार ४० बराबरको १५ पेटी (सिटीस्क्यान पेपर), १६ हजार बराबरको सुट कपडा गरि ४ लाख १४ हजार ४०० बराबरको अवैध सामान बरामद गरि भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।