ताजा अपडेट »

यी हुन् रजेनाको थारु वस्तीमा ईतिहास रचियता नारी ‘सञ्जुकुमारी’

आइतबार, २७ भदौ २०७८
1 Shares

बुटवल । नेपालमा प्रजातन्त्र प्राप्तीका लागि र पछाडी परेको समुदायलाई माथी उठाउनका लागि भन्दै २००७ साल देखि आन्दोलनहरु हुँदै आए । विभिन्न पटक राजनैतिक परिवर्तहरु पनि भए । १० बर्षे जनयुद्ध र २०६२/०६३ सालको संयुक्त जनआन्दालनबाट मुलुकमा लोकतान्त्रिक गाणतन्त्र पनि आयो तर अझै पनि पछाडी परेका समुदाय माथी उठ्न सकेका छैनन् ।

ति मध्येको एक हो बाँके जिल्लाको रजेना थारु वस्ती । कोहलपुर नगरपालिका–५ र ६ मा फैलिएको रजेनाको थारु वस्तीका रामकिशन थारुले धेरै लामो समय देखि नेपाली कांग्रेसको राजनीति गरे तर उनी स्थानीय कार्यकर्ता मै सिमित भए , माथी पुग्न सकेनन् । उनले राजनीतिमा माथील्लो सिंढी चढ्न नसकेको र अन्य अवसर पनि नपाएको तथ्यलाई बुझेर उनको योगदानको कदर स्वरुप नेपाली कांग्रेस बाँकेले शिक्षक पेशामा रहेकी उनकी बुहारी सञ्जुकुमार चौधरीलाई गत स्थानीयतहको निर्वाचनमा कोहलपुर नगरपालिकाको उपमेयरको टिकट दिएको थियो।

सो पार्टीले मेयरमा भानुभक्त भट्टराईलाई उठाएको थियो । उनी लामो सयम देखि राजनैतिक र सामाजिक रुपमा कोहलपुरमा भिजेका नेता भएकोले पनि उनले जित्नेमा ढुक्क जस्तै थियो पार्टी । तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नभएकी सञ्जुकामरीका लागि चुनाव जित्नु फलामको चिउरा चपाउनु जस्तै बनेको थियो ।

तर चुवाको परिणाम ठिक उल्टो आई दियो । भट्टराईले नेकपा एमालेका उमेदवार लुतबहादुर रावत संग पराजय भोग्नु पर्‍यो । तर नपत्याईएकी २६ बर्षीया सञ्जु कमारीले भने उपमेयरको चुनाव जितिन् । फलतः त्यस रजेना गाउँमा राजनैतिक रुपले सबै भन्दा माथील्लो पदमा पुग्ने महिलाको ईतिहास रचिन सञ्जु कुमारीले । थारु समुदायको आज अट्वारी पर्वको अवसरमा अप्रत्यासित सफलता हासिल गरेकी उनै उपमेयर सञ्जुकमारी चौधरी संग के तपाईले कुनै दिन राजनीति गरुँला र चुनाव लडेर जनप्रतिनिधी हुँला भनेर सोच्नु भएको थियो ? भनेर प्रश्न गर्दा उनले भनिन्–‘ त्यस्तो त मैले कहिल्लै सोचेकी थिईन् । ’ उनले त्यस थारु वस्तीमा शिक्षाको उज्याला छर्ने उद्देश्य राखेर २०७० सालमा ग्रिनहिल एकेडेमी नामक वोर्डिङ्ग स्कुल खोलरे पढाउँदै आएकी थिईन् ।‘ शैक्षिक क्षेत्र संगै विजनेसलाईनमा लाग्छु भन्ने उद्देश्य थियो ’–उनले भनिन् –‘अनयासै जनप्रतिनिधी हुन पुगियो । ’

उनले आफ्नो चार बर्षे कार्यकालमा महिला भएकै कारण काम गर्न निकै गाह्रो भएको अनुभव सुनाईन् । पुरुषवादी सोंचका कारण उपमेयरले प्रयोग गर्ने अधिकार समेत प्रयोग गर्न नदिने गरेको , आफुले प्रस्ताव गरेका योजनाहरु पुरै जसो काटि दिने गरेको र उपप्रंमुखको कुरै नसुन्ने गरेको दुखेसो उनले गरिन् । कमर्शमा मास्टर डिग्रीको पढाई सकाएर अहिले नेपालगञ्ज बहुमुखी क्याम्पसमा एलएलबि दोश्रो बर्षमा अध्यानरत चौधरीले नगरपालिकामा हुने विभेदका वावजुद पनि ४ बर्षको अन्तरालमा धेरै कुरा सिक्न पाएको , समाजलाई नजिकबाट बुझ्न पाएकोमा ठुलो अवसरका रुपमा लिएको बताईन। आफ्नो कार्यकालमा कोहलपुर नगरवासीलाई के दिन सकियो भन्ने लाग्छ ? भन्ने प्रश्नमा उनले भनिन्–‘ हुन त नगरवासीले हामी प्रति धेरै महत्वकांक्षा राख्नु भएको हुँदो हो । , त्यो सबै पुरा गर्न नसके पनि केहि ठुलो योजनाहरु र अब आउने जनप्रतिनिधीहरुलाई महत्वपुर्ण विकासका खाकाहरु बनाई दिएका छौं । ’

उनले नगरपालिकाले आफुलाई चढ्न दिएको गाडी समेत कोरानो संक्रमितहरुको उपचारका लागि स्वास्थ्य शाखालाई दिएको बताईन्।जनताको हरदुखमा साथ दिने र पार्टीले फेरी अवसर दिए मेयर पद समेत जित्ने र नगरवासीको सेवा गर्ने आँट पलाएको उनी सुनाउँछिन् । उनका श्रीमान गोविन्द प्रसाद थारु पेशाले डाक्टर हुन् ।

अहिले उनी राप्ती सोनारी गाउँपालिकामा रहेको अस्पतालका सुपरिटेन्डेन छन् । कोहलपुर–६ , रजेना गाउँस्थित बाबु पञ्चराम थारु र आमा रामजान थारुको कोखबाट २०४७ साल भदौ २१ गते कन्छि सन्तानका रुपमा जन्मिएकी उनका दुई जना दाजु र चार दिदी बहिनीहरु छन् । यति बेला नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ , कुन पदमा लड्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्–‘ यहिले सम्म क्रियाशिल सदस्य मात्रै छु । वडामा महाधिवेशन भएको छैन् , त्यहाँबाट जिल्ला प्रतिनिधी चुनिएर महाधिवेशन प्रतिनिधी उठ्ने चाहना छ ।’