भदौ १०,
काठमाडौं । राजधानीमा जारी नाडा अटो शोमा ६१ लाख ९० हजार रुपैयाँ पर्ने बाइक प्रदर्शनीमा राखिएको छ । यसको प्रविधिनै फरक छ । प्रविधिको उच्चतम प्रयोग गरिएकाले हार्ले डेभिडसन भन्ने ब्राण्ड महंगो भएको हो । इटालियन कम्पनी एमभी अगस्टाले उत्पादन गरेको चौथो पुस्ताको स्पोर्टी बाईक एफ-४ १००० मोडेलको बाइक ९९८ सीसी इन्जिन क्षमता छ । ४ सिलिण्डर इन्जिन १९५ हर्स पावर भएको बाइकको ११० एनएम टक्र्यु क्षमता छ । त्यस्तै, बाइकको अधिकतम १३४०० आरपीएम क्षमता छ ।टक्र्येु क्षमता १०.८ एनएममा ९६०० आरपीएम रहेको छ । यसको इन्जिन म्यानेजमेन्ट सिस्टम टक्र्युे कन्ट्रोलमा ४ वटा म्याप्स र ८ तहको इन्टरभेन्सन छ ।
बाइकको तौल १९१ केजी छ भने इन्धन क्षमता १७ लिटरको छ । अटो शोमा यो बाइक हेर्ने र बाइकसँग फोटो खिचाउनेको भीड देखिन्छ । गत वर्ष अटो शोमा हार्ले डेभिडसनको ४५ लाख रुपैयाँ पर्ने सबैभन्दा महंगो बाईक प्रदर्शनीमा राखिएको थियो । यसपालीको अटो शोमा राखिएको सबैभन्दा महंगो एमभी अगस्टाको एफ ४(-१००० मोडेलको बाइक हो । सन् १९०७ मा स्थापना भएको इटालीको एभिएसन कम्पनी एमभी अस्टाले सन् १९४५ देखि सवारीसाधन उत्पादन गर्दै आएको छ ।एमभी अगस्टा बाइकको नेपालका लागि आधिकारिक बिक्रेता गियर भेञ्चर प्रा.लि. हो ।
प्रतिक्रिया