ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा : निर्मलाले लिईन् पद तथा गोपनीयताको सपथ

बुधबार, २३ भदौ २०७८

बुटवल । जनता समाजवादी पार्टी (जसपा)की मानोनित सांसद निर्मला मुडभरिले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । बुधबार लुम्बिनी प्रदेशसभा सचिवालयमा एक कार्यक्रममा बीच सपथ ग्रहण गरेकी हुन् । उनलाई लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीले सपथ खुबाएका हुन् ।

जसपाले पार्टीको ह्वीप उल्लंघन गरेको अभियोगमा प्रदेश सभा सदस्य कल्पना पाण्डे कारबाही गरेपछि कल्पनाको ठाउँमा मुडभरि मनोनत गरेको थियो । उनी समानुपातिक सांसद हुन् ।