ताजा अपडेट »

माधव नेपालसहित १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलिको चेतावनी

बुधबार, २३ भदौ २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने बताएका छन् । 

नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला, गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?’

एमालले गत साउन २५ गते माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएका थिए। उक्त सूचना अनुसार सांसदलाई कारबाहीको सूचना सभामुख अग्नि सापकोटाले प्रकाशित गरेका थिएनन्। त्यसबीच दल विभाजनसम्बन्धी अध्यादेश आएपछि सभामुख सापकोटाले सूचना प्रकाशन नगर्ने निर्णय गरेका थिए।