तालिबानले अफगानिस्तानको नयाँ नामाकरण गर्दै एउटा अन्तरिम सरकारको पनि घोषणा गरेको छ। तालिबानका जबिहुल्लाह मुजाहिद प्रवक्ता ले भनेका छन् अब अफगानिस्तान आधिकारिक रूपमै ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ भएको छ।
अरबी संस्कारमा ‘अमिरात’ वा ‘इमिरेट’ शब्द कुनै पुस्तैनी ‘तानाशाह’लाई झल्काउनका लागि प्रयोग गरिन्छ। जस्तो कि भारतमा ‘वादशाह’ वा ‘रइस’ जस्ता शब्दहरू प्रयोग गरिन्छ।यसलाई सजिलो भाषामा बुझ्दा यसको अर्थ ‘कट्टर’ भन्ने हुन्छ।तालिबानले अन्तरिम सरकारको घोषणा गर्दै त्यसको प्रमुख(प्रधानमन्त्री) मुल्ला मोहम्मद हसन अन्खुदलाई चुनेको छ।
सरकार प्रमुख अर्थात प्रधानमन्त्री भएका अन्खुद को हुन्?
अन्खुद तालिबानका संस्थापकमध्यका एक हुन्। उनी २० वर्षअघिको तालिबान सरकारमा गभर्नर थिए। र लामो समयदेखि उनी तालिबानका संस्थापक तथा पूर्वसुप्रिम कमाण्डर मुल्ला उमरको सल्लाहकार पनि थिए।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भनेका छन् ‘यो एक अन्तरिम सरकार हो। हामीलाई थाहा छ कि हाम्रा जनता नयाँ सरकारको प्रतीक्षामा छन्।’उनले केही समयभित्रै मन्त्रिमण्डललाई पूर्णता र स्थायित्व दिइने बताए।अगस्ट १५मा तालिबानले अफगानिस्तानमा पूर्णत: नियन्त्रण जमाएको थियो।
यो सरकारमा गृहमन्त्री बनाइएका सिराजुद्दीन हक्कानी एउटा उग्रवादी संगठन ‘हक्कानी नेटवर्क’का प्रमुख हुन्। हक्कानी नेटवर्क तालिबानको सहयोगी संगठन हो। बिगत २० वर्षमा भएको गृहयुद्धका क्रममा हुने धेरै आक्रमणहरूमा हक्कानी नेटवर्कले जिम्मेवारी लिएको थियो।
साथै मुल्ला अब्दुल गनी बरादरलाई सरकारको उपप्रमुख बनाइएको उनले प्रवक्ता मुजाहिदकाले बताएका छन्।उपप्रमुख बनाइएका बरदार तालिबानका सह-संस्थापक हुन्।प्रवक्ता मुजाहिदले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर अखुंदको नेतृत्वमा गठन हुने सरकारमा मुल्ला याकुल रक्षामन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्री रहने जानकारी दिएका छन्।
प्रतिक्रिया