ताजा अपडेट »

निजामती दिवसको अवसर पारी कर्मचारीलाई पुरस्कार घोषणा

मंगलबार, २२ भदौ २०७८

भैरहवा । निजामती सेवा दिवसको अवसरमा रोहिणी गाउँपालिकाले पुरस्कारको घोषणा गरेको छ । निजामती सेवा दिवसको अवसरमा रोहिण गाउँपालिकाद्वारा आयोजित बृक्षारोपण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उत्कृष्ट कर्मचारीहरुलाई यस दिन सम्मान एवम पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीको समयमा रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मी एवम् अन्य कर्मचारीले पनि आफ्नो परिवारको माया मारेर रोहिणी गाउँपालिकावासी ४० हजार स्थानीयको सेवामा खटिएको भन्दै प्रंशसा गरे । कोभिडको समयमा स्वास्थ्यकर्मी स्वास्थ्य कार्यालयको ब्यवस्थापन एवम बिरामीको सेवाको साथै क्वारेन्टाईन ब्यवस्थापनमा खटिएको र अन्य कर्मचारीहरु पनि लकडाउनको समयमा पनि खाद्यन्न आपूर्तिको साथै गाउँपालिकाको आन्तरिक काममा खटिएकोले पालिकाले धेरै नागरिकको ज्यान जोगाउन सकेको बताए ।

उनले सबै कर्मचारीको सम्मान र स्थानीय प्रशासन चुस्त दुरुस्त तथा स्वस्थ्य प्रतिस्प्रधि बनाउन एवम कर्मचारीहरुको सम्मानको लागी पुरस्कारको घोषणा गरिएको बताए । पुरस्कार यसै बर्ष देखी प्रदान गरिने उनले जानकारी दिए । यस बर्ष समय गई सकेकोले आउदो हिउदे अधिवेशनको खुल्ला सत्रमा र आगामी दिनहरुमा दिवसकै दिन पुरस्कार वितरण गर्ने र यसको कार्यविधि बनाएर कार्यपालिकाबाट पारीत गराउने समेत उनले आश्वासन दिए ।

यादवले स्थानीय जनप्रतिनिधि र कर्मचारी प्रशासन एकै रथका दुई पाङग्रा भएको टिप्पणी बताउदै दुवै पक्ष मिलेर गए मात्र गाउँपालिका र यसको सेवाग्राहीको विकास हुनेमा जोड दिए । उनले आफ्नो ४ बर्षे कार्यकालमा कर्मचारीहरु प्रति अपनत्व भावना राखेको कारण दुवै पक्षमा कुनै प्रकारको तिक्तता नआएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले पनि कर्मचारी प्रशासन र जनप्रतिनिधि एक भएर काम गर्नु पर्ने बताए । उनले जनप्रतिनिधिहरुले बनाएको निति नियम कर्मचारी प्रशासनले चुस्त दुरुस्त रुपमा कार्यान्वयन गर्नु पर्ने दायित्व रहेको बताए । निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुने र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको सहयोग लिएको उनले बताए ।

नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । सोही अनुसार आगामी ५ बर्षको लागी “ब्यवसायीक श्रृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन” भन्ने मूल नारा सहित यो दिवस रोहिणीमा पनि मनाईएको छ । दिवसको अवसर पारेर गाउँपालिकाले वडा नम्बर २ मा रहेको पोखरभिण्डी माध्यमिक बिद्यालय, २ नम्बर वडाको कार्यालय, पोखरभिण्डाी स्वास्थ्य चौकी र प्रहरी चौकी मैनिहवामा बृक्षारोपण गरिएको छ । यी कार्यालयहरुमा धुपी, निम, बेल, हर्रो, कल्की, टिक, कागती, दालचिनी, सिसौ र रक्तचन्दन गरि १ सय ६ वटा बिरुवा रोपिएको प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले यो बिरुवा रोपेर मात्र दायित्व पुरा हुने नभएकोले सम्बन्धित बिरुवा रेखदेखको जिम्मा सम्बन्धित कार्यालयलाई दिएको बताए ।

रोहिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आत्थियतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, वडा अध्यक्ष ईन्द्रमान चौधरी, स्वास्थ्य तर्फका कर्मचारी तारा प्रसाद गैरेले बोलेका थिए । डाजेन्द्र प्रसाद नेपालको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले गरेका थिए ।