ताजा अपडेट »

नेपालले पिएनजीसँगै भिड्दै

मंगलबार, २२ भदौ २०७८

काठमाडौं । आईसीसी बिश्वकप क्रिकेट लिग डिभिजन – २ को तयारीमा रहेका नेपाल र पपुवा न्यगिनी (पिएनजी)बीच एकदिवशीय (ओडिआई) खेल आज हुँदैछ । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र पिएनजी भिड्न लागेका हुन् । 

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । दुबै टोली पहिलो ओडिआई जित्ने लक्ष्यमा रहेका छन् । नेपालले ओमानमा पिएनजीसँग दुई खेल खेल्नेछ । दोस्रो खेल शुक्रबार हुनेछ । यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा २९ सदस्यीय टोली ओमान पुगेको हो । यसपटक नेपाली टोलीमा पूर्व कप्तान पारस खड्का उपलब्ध हुने छैनन् । राष्ट्रिय टोलीबाट सन्यास लिएपछि उनी टोलीमा रहने छैनन् । 

पारसको अनुपस्थितिमा गुल्सन झा पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । नेपाल पुलिस क्लबबाट घरेलु लिग खेलेका गुल्सन पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । पिएनजीसँग खेलेपछि नेपाली टिम अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ । खेल १३-१९ सेप्टेम्बरसम्म हुनेछ । 

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, आसिफ सेख, गुल्शन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ र रोहित कुमार पौडेल रहेका छन्।