ताजा अपडेट »

बलेटक्सार रूपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व

सोमबार, ०९ भदौ २०७६

भाद्र ९,
बुटवल। गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न अधिवेशनबाट अध्यक्षमा हेमबहादुर थाप ,वरिष्ठ उपाध्यक्षमा बिर बहादुर क्षत्री, उपाध्यक्षमा बिन्दु गौतम, सचिवमा कपिल ज्ञवाली, सहसचिवमा धुब्र खड्का तथा कोषाध्यक्षमा बुद्धि प्रसाद प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरूमा चिरञ्जीवी ज्ञवाली, रामचन्द्र गौतम, मदन ज्ञवाली, विष्णु प्रसाद ज्ञवाली, माधव श्रेष्ठ, राम बहादुर केसी, दधिराम ज्ञवाली, गिरिराज पन्थ र कृष्ण प्रसाद गौतम चयन भएका छन् । नयाँ कार्यसमितिको पहिलो बैठकले विधानअनुसार चार जनालाई सदस्यमा मनोनित गरेको छ । जसमा रेशम खड्का, अमृत विक, कमला ज्ञवाली र कमला ज्ञवाली (भण्डारी) रहेका छन् ।

त्यस्तै सूचना उपसमितिको संयोजकको जिम्मेवारी श्रीराम ज्ञवालीलाई दिएको छ भने युवा परिचालन उपसमितिको संयोजकमा सूर्य ज्ञवालीलाई मनोनित गरिएको उनीहरूले समाजको विधानअनुसार मनोनित गरिएको सचिव कपिल ज्ञवालीले जानकारी दिए ।समाजले गुल्मी बलेटक्सारबाट बुटवल आइ बसोबास , व्यवसाय तथा रोजगारहरुलाई एकबद्ध बनाई रक्तदान, स्वास्थ्य शिविर लगाएत विभिन्न् सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।