ताजा अपडेट »

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद‍् बैठक

सोमबार, २१ भदौ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद‍्को बैठक बोलाएका छन् । 

मध्याह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने सूचना आएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार यो मन्त्रिपरिषद‍्को नियमित बैठक हो ।

बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।