भाद्र ८,
बुटवल । भ्रमण वर्ष २०२० लाई लक्षित गरी रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले बुद्ध जन्म स्थल लुम्बिनीमा आयोजना गर्न लागेको ‘लुम्बिनी एकेडेमी’ को तयारी पूरा भएको छ । 'लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाउ'- भन्ने मुल नाराका साथ क्लबले मोफसलमा पहिलो पटक ‘लुम्बिनी एकेडेमी’ भदौको १३ र १४ गते आयोजना गर्न लागेको रोट्रयाक क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष मधु भट्टराईले जानकारी गराए ।
कार्यक्रम बारे जानकारी तथा सफल गराउन आयोजना गरिएको छलफलमा पूर्व अध्यक्षहरु, सल्लाहकार तथा क्लबका पधाधिकारिको उपस्थिति रहेको थियो । लुम्बिनीको मायादेवि मन्दिरमा एक कार्यक्रम गरि लुम्बिनी एकेडेमीलाई भव्यताका साथमा सम्पन्न गर्न लागिएको हो । कार्यक्रममा रोट्रयाक्ट लियो तथा विभिन्न संघ सथाको सहभागिता रहनेछ । अन्तराष्ट्रिय प्रशिक्षणमा आधारित भएर प्रशिक्षण हुनेछ । प्रशिक्षण अन्तराष्ट्रिय प्रशिक्षक मिलन गुरुङ लगाएत ख्यातिप्राप्त व्यक्तिहरुबा हुने क्लबले जानकारी गराएको छ ।
प्रतिक्रिया