भाद्र ८,
बुटवल । साँझा पार्टीका संयोजक रविन्द्र मिश्रले पुराना राजनितिक दलहरुले समाजलाई नै अपहरण गरेर राखेको आरोप लगाएका छन् । आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै संयोजक मिश्रले राजनितिक दलहरुले पार्टीं संगठनका झुण्ड बनाएर समाजलाई अपहरण गरेको आरोप लगाएका हुन ।
दलहरुले बिभिन्न झुण्ड तयार गरे तिनैलाई राजनितिक छाता ओडाएर समाजलाई अन्यौलमा पर्ने काम गरे उनले भने । यस्ता झुण्ड संगठनहरु खारेज नहुँदा सम्म देश समृद्धि हुन सक्दैन उनले थपे
प्रशासन, कर्मचारी, उपभोत्ता समिति, एनआरएन, डाक्टर, ईन्जिनियर, पत्रकार सवैतिर राजनितिक छाता पुरानो संगठनले ओडाएका छन मिश्रले भने । दलहरुका यस्ता गतिबिधीले निश्चित व्याक्तिको वा पार्टीको मात्र भलो हुन्छ जनताको भावना समेट्न सकिदैन मिश्रको तर्क थियो । उनले साँझा पार्टी सत्ताको नेतृत्वमा आए पहिलो मन्त्रीपरिषद् बैठकबाटै सवै भातृ संगठनहरु भंग गर्ने निर्णय गर्ने बताए । मिश्रले देशको परिस्थित गम्भिर भएको भन्दै दुई तिहाई सरकारले गरेको काम जनताले महशुस गर्न नपाएको समेत दावी गरे । सरकारको काम अव्यवस्थीत र असफल हुदा देश लथालिङग अवस्थामा रहेको, व्यापार घाटा बढेको र रोजगारी सिर्जना हुनै नसकेको मिश्रको आरोप छ । मुलुक अस्तब्यस्त छ , लथालिंग छ ब्यपार घाटा बढेको छ दुई तिहाई बहुमतको सरकारले केही पनि परिर्वतन दिन सकेन उनले भने । साँझा पार्टीको नेतृत्व सरकारमा गए ०४६ सालपछि नेतृत्वमा पुगेका सवै राजनितिक दलका नेताको सम्पत्ती छानविन गर्ने, भ्रष्टचार नियन्त्रणका लागि हरेक कदम चाल्ने समेत बताए ।
रवि लामिछानेको समर्थनमा भैरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले मुलुकमा कानूनी राजप्रति जनताको अबिस्वासको संकेतको रुपमा आफुले लिएको बताए । कसैको बिरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार रहेको भन्दै उनले यद्यपी कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई नभएको बताए । कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक दलहरुको कमि कमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान थालेको भन्दै त्यो पिडा र आक्रोस कुनै दिन बिस्फोटको रुपमा देखा पर्ने बताए ।
प्रतिक्रिया