ताजा अपडेट »

बोलबम धाममा श्रीकृष्ण जन्माष्टमी महोत्सव

आइतबार, ०८ भदौ २०७६

नगरको मुख्य देवस्थल प्राथमिकतामा : नगर प्रमुख कार्की

    


भदौ ७,
ग्लोबल आवाज

बुटवल । श्रावणी मेला तथा जलार्पण कार्यक्रम र शिबरात्रीमा विशेष भिड र आकर्षण हुने धार्मिक केन्द्रका रुपमा चिनिने बोलबम धाममा श्री कृष्ण जन्माष्टमी पनि भव्य रुपमा मनाइएको छ । साथै यस वर्षको तीजदेखि धाममा हरेक वर्ष तीजपनि विशेष रुपमा मनाउन सुुरु गरिने भएको छ । धाममा शुक्रबार आयोजित श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममा सो कुराको घोषणा तथा जानकारी गरिएको हो । श्री कृष्ण जन्माष्टमी तथा सानो तीजको अवसरमा धामले दरखाने कार्यक्रम समेत गरेको छ ।

धाममा लाग्ने एक महिने श्रावणी मेला लगाएत विभिन्न कार्यक्रममा स्थानीय आमा समूूह लगाएत महिला सम्बद्ध विभिन्न संघसंस्थाहरुले विशेष योगदान पुर्याएको भन्दै उनीहरुको सम्मान र संस्कृति अनुसार दरखाने कार्यक्रम गरिएको धामका सल्लाहकार संयोजक रामु भण्डारीले बताए ।
श्रावणी मेला सम्पन्न भएलगत्तै धामले आयोजना गरेको कार्यक्रममा श्रावणी मेलामा आयोजित विभिन्न धार्मिक तिर्थयात्रा तथा धाममा योगदान पुर्यानेहरुलाई सम्मान कार्यक्रम समेत गरिएको छ । सो अवसरमा श्रावणी मेला –२०७६ का यात्रा व्यवस्थापन समितिका संयोजक अर्जुन धिमाल, विभिन्न जिम्मेवारीमा रहेका सह–संयोजक,सञ्चारकर्मी लगाएत सौजन्यदाताहरुलाई सम्मान गरिएको थियो ।

धामका अध्यक्ष रामवली चौधरीको अध्यक्षता,सैनमैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता र धामका संरक्षक ,व्यासाचार्य धर्मगुरु किशोर कुमार गौतमको विशिष्ट आतिथ्यतामा भएको थियो । सो अवसरमा बोल्दै सैनामैना नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि चित्र बहादुर कार्कीले धामको इतिहास, महत्व र गरिमा अनुसार पूूर्वाधार बन्न नसकको भन्दै आगामी दिनमा विशेष प्राथमिकताका साथ लाग्ने बताए ।

उनले भने ‘सैनामैनाकै मुख्य देवस्थल यस धामको महिमा र महत्व अनुसार हामीले पूर्वाधार बनाउन सकेका छैंनौं । धर्मसँगै संस्कृतिको रक्षा गर्नु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो । धाममा आज कृष्णाष्टमी विशेष तथा दरखाने कार्यक्रम गरेर धामले संस्कृतिलाई महत्व दिएको छ । साथै तीजपनि यही विशेष रुपले मनाउने सुुरुवात गरेको छ । यसलाई व्यवस्थित र मर्यादिन बनाउँदै अघि बढाउन आवश्यक छ । धार्मिक ऐतिहासिक यस स्थलको संरक्षण र विकासका लागि हामी विशेष योजनाका साथ अघि बढ्छौं । नगरपालिकाले यसको विकाका लागि विशेष पहल गरेको छ । आगामी केही समयमा नै मूख्य मन्दिरको स्तरोन्नती हुनेछ ।’

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि धर्मगुुरु किशोर गौतमले बोलबमधामले धार्मिक महत्व र मान्यतासँगै तीज विशेष कार्यक्रम गर्दै संस्कृतिलाई पनि संरक्षण र प्रवद्र्धन गर्ने सराहनिय अभियान सुुरु गरेको बताए । त्यस्तै युवा वाचक विष्णुु प्रसाद ज्ञवालीले पर्रोहा बोलबमधाम स्वयम् उत्पित्तिमान नेपालकै एकमात्र र पहिलो बोलबधाम रहेको बताउँदै पश्चिमको पशुपतिका रुपमा विकास गर्नुपर्ने बताए । उनले भने ‘स्वयम् उत्पत्तिमान साक्षर भगवान शिवजीको यस धाममा लाखौं भक्तजनको आस्था रहेको छ । यसलाई पश्चिम नेपालको पशुपतिका रुपमा पनि लिइन्छ तसर्थ यस धामको विकाससँगै धर्म र संस्कृतिको पनि संरक्षण र विकास हुनेछ ।’

कार्यक्रममा दरखाने, सम्मान गर्ने,भजन–किर्तन गर्ने र कृष्ण लिला प्रस्तुुत गरिएको थियो । कार्यक्रम धामका महासचिव प्रेमलाल भुसालको सञ्चालनमा भएको थियो । कृष्ण जन्माष्टमीको अवसरमा धाममा आयोजित भजन–किर्तन,कृष्णलिला, पूजा–आजा तथा प्रसाद ग्रहण कार्यक्रम शुक्रबार राती १२ बजेसम्म चलेको थियो ।