भदौ ८,
भुवन रायमाझी
पाल्पा । नेपालले अंग्रेजलाई जितगढी युद्धमा पराजित गरेको सम्झनामा हरेक वर्ष पाल्पामा मनाइने भगवती जात्रालाई नेपालकै विजयोत्सवको रूपमा मनाउनुपर्ने माग उठेको छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट पाल्पाको तानसेनमा भगवती जात्रा मनाउने गरिन्छ । पाल्पाको तानसेनमा २ सय वर्षअघि जीतगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको भव्य रथ यात्रा गर्ने गरिएको छ । विस १८७१र७२ मा नेपालको पश्चिमी भेगको तैनाथवाला कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज सैनिकमाथि विजयी हासिल गरी जीतगढी किल्ला विजयी गरेको सम्झानामा भगवती रथयात्रा गर्ने प्रचलन छ ।
त्यसबेला नेपालमा चार स्थान, कुमाउ–गडवाल नाहान मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जीतगढीमा अङ्ग्रेज सेनासँग भीषण युद्ध भएको थियो । ब्रिटिश साम्राज्यवादको आक्रमणबाट जोगाई जीतगढी किल्ला विजय गरेको उल्लासमा एक सय ९९ वर्षअघिदेखि तानसेनमा भगवतीको रथ परिक्रमा गरेर विजय उत्सव मनाउने परम्परा रहँदै आएको छ । हरेक वर्ष पाल्पाको तानसेनमा भगवति मन्दिरबाट रथ यात्रासँगै विजयोत्सव मनाउने गरिन्छ ।
तत्कालिन पाल्पाका कमाण्डर कर्णेल उजिरसिंह थापाले बुुटवल जितगढी क्षेत्रबाट अंग्रेज सेनालाई हराएको सम्झनामा वि.सं. १८७६ देखि भगवती जात्रा मनाउन सुरु गरिएको हो ।यस उत्सवलाई नेपालकै विजयोत्सवको रूपमा जात्रा मनाउनुपर्ने पूर्व उद्योग मन्त्री सोमप्रसाद पान्डे बताउँछन्। नेपाल र अंग्रेजबीच भएका वुटवल जितगढी युद्धमा विजय प्राप्त गरेकोले भगवती जात्रालाई राष्ट्रिय रुपमा मनाउनु पर्ने बुद्धिजीवीहरूको जोड छ । युद्धमा विजय भएपछि भगवतीको मन्दिरको स्थापना र विजय जात्रा तथा रथ जात्राको सुरुवात भएको मानिन्छ । कर्णेल उर्जिरसिंह थापा र नेपाल–अङ्ग्रेज युद्धको पृष्टभूमि सहित पाल्पा राज्यको विलय भएको रणउजिश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए ।
हातहतियारको अवस्था, युद्ध गरिएका ठाउँहरु, पहिलो तथा दोस्रो युद्धको अवस्था, राष्ट्रियताका विषयमा उठाइएका मुद्दाको ऐतिहासिक झल्को दिनेगरी पाल्पामा हरेक वर्ष भगवती जात्रा मनाउने गरिन्छ । विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय १ वर्ष अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिँदै आएको छ । तत्कालिन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूूलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशियालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिने तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीको भनाई छ ।
लडाइँ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगाएतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किम्वदन्तीमा उल्लेख छ । यो दिनलाई पाल्पाको एउटा महत्वपूर्ण पर्वको रुपमा लिने गरेको स्थानीय जानकार नारायण कोइरालाबको भनाई छ ।
भगवती मन्दिरमा रहेको भगवतीको रथ तानसेनका विभिन्न स्थानमा परिक्रमा गरी पुनः मन्दिरभित्रै बिसर्जन गरिन्छ । शित्तलपाटी, नारायणस्थान, बसपार्क, टक्सार, लहरेपीपल, बसन्तपुर लगाएतका स्थानमा परिक्रमा गरेर भगवतीको भव्य रथयात्रा गरिन्छ । रथ यात्रा पञ्चेबाजा र नेपाली सेनाको बाजासँगै गरिन्छ ।
प्रतिक्रिया