ताजा अपडेट »

कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने

शुक्रबार, १८ भदौ २०७८

लन्डन । बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताए । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताए । उनले भने छ कि अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भए पनि आगामी हप्ता यहाँका विद्यालय खुल्ने भएका छन्

ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन् । यसबाट देशमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताए । उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताए । उनले भने, “यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।” -सिन्ह्वा