भदौ ७,
ग्लोबल आवाज
बुटवल । चलचित्रको अफसिजनको समाप्तिसँगै अब सिजनकोे सुरुवात भएको छ । वर्षात्को समाप्ति र चाडपर्वसँगै चलचित्र क्षेत्रमा पनि दर्शकको संख्या बढ्छ । यही क्रममा आगामी १३ गते प्रदर्शनमा आउने चलचित्र ‘मारुनी’को प्रचार–प्रसारका लागि चलचित्र निर्माता लगाएत कलाकारको टिम भ्रमणमा निस्किएको छ । चलचित्र टिम प्रचार–प्रसारको क्रममा शनिबार बुटवलमा आई पत्रकार सम्मेलन मार्फत चलचित्र बारे जानकारी गराएको छ ।
चलचित्र पत्रकार संघ , रुपन्देहीको सहकार्यमा आयोजित सम्मेलनमा चलचित्र निर्मात्री पूनम गौतम , निर्देशक नवल खड्का , गायक÷संगितकार कृष्ण काफ्ले ,नायक पुष्प खड्का र नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह लगाएतको चलचित्र टोलीको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै निर्देशक नेपालले चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको बताउँदै दर्शकले आफ्ना विगतका चलचित्रहरुमा भन्दा नयाँ शैली र फरकपन पाउने बताए ।
त्यसैगरी नायिका सम्राज्ञीले आफूले मारुनीको भूमिकामा रहेर छायाँ भूमिका निर्वाह गरेको बताइन् भने नायक पुुष्प खड्काले छायाँलाई न्याय गरेको बताए । कार्यक्रम चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र कोषाध्यक्ष मोहन न्यौपानेको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया