ताजा अपडेट »

नेपाल भारत मैत्रीपूर्ण फुटबल : एक-एक गोलको बराबरी

विहीबार, १७ भदौ २०७८

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् ।  साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

नेपालका लागि ३५ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । तर, ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए ।