भाद्र ७,
काठमाण्डौं । अमेजन क्षेत्रको जंगलमा भएको भीषण आगलागी नियन्त्रण गर्न ब्राजिलले सेना पठाउने भएको छ। ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोले सैनिक बललाई आगो निभाउनका लागि खटिन आदेश दिइसकेका छन्। उनले सेनालाई प्राकृतिक आरक्ष, आदिवासीको रहेको भूमि तथा सिमावर्ती क्षेत्रमा परिचालित भएर आगो नियनत्रण गर्न आग्रह गरेका छन्।
युरोपेली नेताहरूले चर्को दबाब दिएपछि मात्र ब्राजिलका राष्ट्रपति बोल्सोनारोले अमेजनको आगो नियन्त्रण गर्न चासो व्यक्त गरेका हुन्। अन्य मुलुकका नेताहरूको प्रतिक्रियाको बोल्सोनारोले आलोचना गर्दै जंगलमा भएको आगलागीलाई कसैको सजिलै तरिकाले काबुमा राख्न नसक्ने जिकिर गरे। विशेषतः ब्राजिलले अमेजन आगलागी नियन्त्रणका लागि तत्परता नदेखाएसम्म दक्षिण अमेरिकी मुलुकसँग हुने ठूलो परिमाणको व्यापार अगाडि बढाउन नसक्ने भन्दै फ्रान्स र आयरल्यान्डले चर्को दबाब दिएपछि ब्राजिल तत्पर भएको हो। अमेजनको आगो नियन्त्रणका लागि काम गर्न सरकारलाई आग्रह गर्दै ब्राजिलभरका सरहमा वातावरण अधिकारकर्मीले शुक्रबार प्रदर्शन गरेका थिए। विभिन्न मुलुकमा रहेका ब्राजिलियन दूतावास बाहिर भेला भएर उनीहरूले प्रर्शन गरेका थिए।
अमेजनलाई विश्वकै सबैभन्दा ठूलो पानी पार्न सघाउने जंगलका रूपमा लिइन्छ। यसले विश्वव्यापी रूपमा बढ्दो तापमानलाई घटाउन मद्दत गर्दै आएको छ। यसलाई विश्वको फोक्सो पनि भन्ने गरिन्छ। यो क्षेत्रमा ३० लाख वनस्पति र जन्तुका साथै १० लाख आदिवासी मानिसको बसोबास गर्छन्। नेसनल इन्स्च्यिुट फर स्पेस साइन्सका अनुसार यसपालि अमेजनको ब्राजिल क्षेत्रपट्टि यसपालि ८५ प्रतिशतजति आगो फैलिएको छ। नासाका अनुसार विगत १५ वर्षमा जेजति आगलागी भएको थियो, यसपालि मात्र करिबबरिब त्यति नै मात्रामा आगालागी भएको थियो।- बीबीसी
प्रतिक्रिया