ताजा अपडेट »

लुम्बिनी समाजमा नयाँ कार्यसमिति, अध्यक्षमा जगदीश न्यौपाने

विहीबार, १७ भदौ २०७८

अमेरिका। लुम्बिनी सेवा समाज, अमेरिकाको प्रथम अधिवेशनले जगदीश प्रसाद न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।समाजको आइतवार सम्पन्न अधिवेशनवाट उपाध्यक्षमा लता प्रधान, महासचिवमा युधिष्ठिर नेपाल, कोषाध्यक्षमा टंक अधिकारी, सचिवमा शिव गैर, सहकोषाध्यक्षमा सरिता शर्मा, महिला संयोजकमा चम्पा भट्टराई, सांस्कृतिक संयोजकमा नारायणी कंडेल निर्विरोध निर्वाचित भएका हुन्।

समाजको कार्यसमिति सदस्यमा कृष्ण भट्टराई र पुष्कर बञ्जाडे निर्विरोध भएका छन् भने युवा तथा खेलकुद संयोजक र २ जना कार्यसमिति सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।

समाजका अध्यक्ष जगदीश न्यौपानेको अध्यक्षता, शिव प्रसाद गैरेको संचालन र समाजका जेष्ठ सदस्य दीपक प्रधानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका महासचिव तथा समाजका सल्लाहकार सुरज भण्डारी, गैर आवासीय नेपाली संघ, टेक्सस च्याप्टरका सचिव डा. चण्डी भण्डारी,डलास एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष सुरेश बस्याल, समाजका सल्लाहकार पुण्डरी अर्याल, समाजकी आजिवन सदस्य लता प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा समाजका महासचिव युधिष्ठिर नेपालले महासचिवको प्रतिवेदन पेश गरेका थिए भने सहकोषाध्यक्ष सरिता शर्माले कोषाध्यक्षको प्रतिवेदनमा पेश गरेका थिए । समाजलाई सहयोग गर्नुहुने कानुनी सल्लाहकार कमल शर्मा,रोविन श्रेष्ठ र विक्रम डांगीलाई सो अवसरमा सम्मान गरिएको थियो ।