ताजा अपडेट »

बुटवलका १७ सहित रुपन्देहीमा थपिए ४० संक्रमित

बुधबार, १६ भदौ २०७८

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ११० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १७ जना, तिलोत्तमा नगरपालिकामा ११ जना, सैनामैना नगरपालिकामा ९ जना, देवदह नगरपालिकामा २ र सिद्धार्थनगर नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट कुनैपनि संक्रमितको मृत्यु भएको छैन् । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२९ रहेको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३७२ रहेको छन्।