ताजा अपडेट »

स्थानीय तह र सीसीएमसीको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने

बुधबार, १६ भदौ २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज काठमाडौमा बसेको बैठकले जारी निषेधाज्ञा भदौ मसान्त सम्म थप्ने निर्णय गरेको हो ।
बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गर्नुका साथै विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने तर सञ्चालन गर्नै पर्ने भएमा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र गर्न पाइने व्यबस्था गरेको छ ।